दफा ३१
प्रमाणपत्र र उपाधि दिने तथा समकक्षता एवं स्तर निर्धारण गर्ने

(१) तोकिएको उच्च शिक्षा हासिल गर्ने विद्यार्थी, प्रशिक्षार्थी वा अनुसन्धानकर्तालाई विश्वविद्यालयले तोकिएबमोजिमको प्रमाणपत्र दिनेछ ।

(२) शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका स्वदेशी तथा विदेशी विद्वानहरूलाई विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्न सक्नेछ ।

(३) स्वदेशी तथा विदेशी विशिष्ट नागरिकलाई विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्न सक्नेछ ।

(४) विश्वविद्यालयले कुनै स्वदेशी वा विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थाहरूको उपाधिलाई मान्यता दिन र विश्वविद्यालयका विभिन्न तहका शैक्षिक उपाधिहरूसंग ती उपाधिहरूको समकक्षता एवं स्तर निर्धारण गर्न सक्नेछ ।

(५) उपदफा (२) र (३) अनुसारका उपाधिहरू सभाको स्वीकृतिबाट प्रदान गरिनेछ ।